Skip to main content

शैक्षिक रुपान्तरण आवश्यक ।

शिक्षामा रुपान्तरण आवश्यक

by Subash Poudel, Certified NLP Trainer, Corporate Coach 

शिक्षाको सुरुवात प्राचिन समयमा गुरुकुल प्रणालीबाट भएको पाइन्छ । उक्त समयमा नयाँ कुरा जान्न र सिक्नको लागि विद्यार्थीहरु आफ्नो घर, परिवारलाई छाडेर गुरुहरु बस्ने स्थानमै गएर शिक्षा लिने चलन थियो । शास्त्रमा पनि भनिएको छ, २५ वर्ष सम्मको उमेर बालब्रम्हचारी अवस्था, पूर्णरुपमा शास्त्रहरुमा समर्पित हुने अवस्था भनेर । समय बलवान छ । समयले नै गुरुकुल प्रणालीबाट शिक्षालाई आजको आधुनिक शिक्षण प्रणालीमा परिवर्तन गरिदियो । अब विद्यार्थीहरु ज्ञान लिन गुरुहरुकोमा होइन बरु गुरुहरु ज्ञान दिन विद्यार्थीहरु भएको स्थान विद्यालयमा जान थाल्नुभयो ।

सेवाभावले ज्ञान दिनको लागि सुरु भएको शिक्षा प्रणाली व्यवसायको रुपले सञ्चालन हुन थालेपछि झन शिक्षा प्रणालीमा आमूल परिवर्तन नै आयो । बाहिरी नजरले हेर्दा विद्यार्थीहरुको उत्तिर्ण प्रतिशत बढ्न थाल्यो, अंक उच्चतम आउन थाल्यो र यो नै सफलताको आभाष भयो अधिकांश हामीहरुलाई । अभिभावकको रुपमा हामी प्रशन्न भयौ, किनकी हाम्रो बच्चाले राम्रो अंक प्राप्त ग¥यो भनेर अनि शिक्षकको रुपमा हामी प्रशन्न भयौ, मेरो विषयमा सबै विद्यार्थी उत्तिर्ण छन, वा अरुको विषयमा भन्दा मेरोमा राम्रो छ भनेर । अनि झन होड चल्न थाल्यो, अभिभावकले आफ्नो बच्चाको प्रतिस्पर्धा समाजको पढाईमा राम्रो अर्को बच्चासँग र शिक्षकले सबै बच्चाको प्रतिस्पर्धा कक्षाको सबैभन्दा अब्बल विद्यार्थीसँग । उनीहरुलाई साच्चै नै थाहा भएन, प्रत्येक व्यक्तिको फरक–फरक क्षमता हुने गर्दछ भनेर, त्यसैले प्रतिस्पर्धामा सबैलाई होमिदिए । 

कुनै दिन आफ्नै बच्चाले समाजको सक्षम अभिभावकसँग र विद्यार्थीले विद्यालयको अब्बल शिक्षकसँग शिक्षकको प्रतिस्पर्धा गराइदियो भने बल्ल घैँटामा घाम लाग्थ्यो होलाकी, प्रत्येक मानिस फरक–फरक हुन्छ भनेर । 

विद्यालय, शिक्षक अनि आफ्नै अभिभावकले सुरु गरेको यो प्रतिस्पर्धामा अनि अरु विद्यालय भन्दा राम्रो देखिन विद्यालय प्रशाशनले गरेको उच्चतम अंक र उत्तिर्ण प्रतिशत बढाउने होडबाजीले विद्यार्थीमा के कस्ता असर परेको छ भन्ने बारेमा सोच्ने कसैलाई फुर्सद नै छैन ।

यति हुँदाहुँदै पनि सबैको एउटै कुरा, मेरो बच्चाले पढ्दै पढ्दैन । अभिभावकले विद्यालय र शिक्षकलाई, शिक्षकले अभिभावक र विद्यालय प्रशाशनलाई अनि विद्यालयले प्रशाशन अभिभावक र शिक्षकलाई दोष थुपारेर आफु भने पानी माथिको ओभानो हुने प्रयास गर्दछन । दोषारोपणको यो दौडमा कसैले पनि यो भने सोध्न भ्याएका छैनन्, कि तिमी किन पढ्दैनौं? अनि उता विद्यार्थीहरुलाई पनि यो थाहा छैन् कि म किन पढिरहेको छु ? केका लागि हो यो पढाई ? बश! उनीहरु प्ढिरहेका छन, रहरले भन्दा कहरले, बश! सुरुकै दिनबाट जर्बजस्तीको पढाई पढिरहेका छन इच्छाले भन्दा डरले ।

कतै तपाईको बच्चाले शिक्षकको नाम सुनेपछि डराएको जस्तो त गर्दैन, पढ्ने कुरा गरेपछि टार्न खोज्छ कि ?, एक्लै टोलाएर बस्छ कि ?, कतै विद्यालय जान मन नगर्ने त गर्दैन ?, पढाईको कुरा भयो भने ह्या फेरि पढाईकै कुरा त भन्दैन  ?  याद गर्नुहोस यदि यस्तो भएको पाउनुभयो भने त्यहाँ समस्या सुरु भै सकेको छ, शिक्षाप्रति नै नकारात्मक दृष्टिकोण बनिसकेको छ । त्यो नकारात्मक सोचमा रुपान्तरण नगर्ने बेलासम्म उसलाई जो, जसले पढाए पनि त्यसमा परिवर्तन ल्याउन कठिन छ र यो नकारात्मक सोच लामो समयसम्म यसरी नै बस्यो भने यो अब हाम्रो दृष्टिकोण बन्न जान्छ र अनि त्यहीँ कुरा विद्यार्थीको व्यवहारमा बन्दछ र उ पुरै जिन्दगी त्यसरी नै जिउँन सक्दछ  र थुप्रै हामीहरु त्यसरी नै जिवन बिताई रहेका पनि छौं ।

मानिसहरु सुनेको भन्दा देखेको, पढेको भन्दा गरेको, कहरले भन्दा रहरले धेरै बुक्ष्ने गर्दछन । तर हामी बारम्बार उनीहरुलाई भनेर मात्र सिकाउने प्रयास गर्दछौ, कहरले भएपनि जान्नुपर्दछ भन्दछौ, जसले गर्दा उनीहरुले पनि देखाउनको लागि पढ्न सुरु गर्दछन, कहिले अभिभावकको लागि त कहिले शिक्षकको लागि तर आफ्नो लागि केहि छैन ।

धेरै पढ्नुपर्छ है भन्ने अभिभावकले पत्रिका सम्म पढेको देख्दैन बच्चाले, झुटो बोल्नुहुदैन भनेका अभिभावक र शिक्षकले उनीहरुकै अगाडी झुटो बोलेको चाल पाउछ विद्यार्थीले, शान्त र नरम स्वभावको हुनुपर्छ भनेर सिकाउनेहरु चका–चर्को आवाजमा झगडा गरेको देख्दछ बच्चाले, बिहान छिटो उठी व्यायाम गर्नुपर्छ भन्नेलाई आफु उठ्दा पनि बिस्तारामै भेट्दछ बच्चाले, रक्सी चुरोट खानु हुदैन भन्नेहरुलाई चुरोटको धुवाँ र रक्सीको मातमा देख्दछ विद्यार्थीले, घर सफासुग्घर राख्नुपर्छ भन्नेले घरको फोहोर बाटोमा फालेको हेर्दछ बच्चाले, ....... यस्तै यावत कुराहरु हामी भन्छौ एउटा अनि गर्छौ अर्को, तर बच्चा, विद्यार्थीले हामीले भनेको भन्दा गरेको कुरा नै सही भन्ने ठान्दछ र विस्तारै व्यवहारमा उत्तार्न सुरु गर्दछ ।

हामी घरमा शिक्षकको डर अनि विद्यालयमा अभिभावकको डर देखाएर आफ्ना छोराछोरी÷विद्यार्थीहरु लाई आफुबाट झनझन टाढा बनाइरहेका हुन्छौं तर हामीलाई थाहा नै हुदैन र सबै ठिक छ भन्ने भ्रममा नै रहन्छौ किनकी बच्चाको रिजल्ट राम्रै आइरहेको हुन्छ । विद्यालयमा छदाँसम्म समस्या भएको आभाष पनि हुदैन् अभिभावकलाई तर जब विद्यार्थी उच्च शिक्षाका लागि क्याम्पसमा प्रवेश गर्दछन, तब अभिभावक भन्दछन –“मेरो छोरा छोरी एकदमै राम्रा, ज्ञानी र पढ्ने थिए तर त्यो क्याम्पसमा गएपछि के भए के, पढ्दै पढ्दैनन्, भनेको पनि मान्दैनन् ।” 

लौरीको डर, कुखुराको नक्कल, कुर्चीमा उब्बिने, चौरमा दौडिने जस्ता वातावरणमा हुर्किएको विद्यार्थी जब त्यो भन्दा निकै फरक वातावरण भएको क्याम्पसमा पुग्दछ, जहाँ प्रत्येक विद्यार्थी आफ्नो निर्णय गर्न सक्षम छन् भन्ने विश्वास गरिन्छ, पक्कै पनि पिँजडाबाट छुटेको पन्छी जस्तै उ उड्न थाल्दछ र उड्दा उड्दै यति टाढा पुग्छ कि समस्या विकराल देखिन्छ । उनीहरुलाई सम्झाउदै सहि बाटोमा ल्याउने प्रयास पनि गरिन्छ तर कति प्रयास सफल हुन्छ कति बिफल ।

पढ्नको लागि मात्र पढ्ने भन्दा पनि केहि उदेश्यका लागि पढ्ने वातावरण तयार गर्न सकियो भने अनि सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञान तर्पm जोड दिने हो भने विद्यार्थीहरुको पढ्ने वातावरणमा परिवर्तन गर्न सकिन्छ । गृहकार्य नगर्दा गाली गर्ने शिक्षकले गृहकार्य गर्दा स्याब्बासी दिन बिर्सनु हुदैन, जहिले पढेन भन्ने अभिभावकले पढ्न लाएपछि बच्चाहरुलाई थप उत्साहित गरिदिनुपर्छ, ओहो आज त पढ्न थालिएछत भनेर उसको आत्मस्वभिमानलाई ठेश पु¥याउनु हुदैन । ढिलो उठ्ने बच्चा छिटो उठ्दा उत्तप्रेरित गरिनुपर्छ, हैन आज कताबाट घाम उदाँएछ भन्नुहुदैन । यो राम्रो र त्यो राम्रो यो जान्ने, यो जस्तो पढ्नेपो पढ्ने, त्यो ज्ञानी, तिमी कति घमण्डी हौं, पढ्नु छैन खाली डुलेको छ, ए यो त अल्छी छ÷छे ..... लगायतका कुराहरु जब हामी बच्चाहरुको अगाडी गर्दछौ तब बच्चाहरु आफुलाई भन्दा बढी महत्व अरुलाई दिएको महशुश गर्दछन र अन्तत्वगत्वा उनीहरु हाम्रै प्रतिस्पर्धाका कारण पिडित हुन पुग्दछन, समस्या झनै झ्याङ्गिन थाल्छ । हामी सुरुकै दिनबाट के के नगर्ने मात्र भनिरहन्छौ, तर के गर्ने भन्न बिर्सिन्छौं । पढेन भने यस्तो भइन्छ भन्नुको साँटो पढ्यो भने यस्तो भइन्छ भनेदेखि, गृहकार्य गरेन भने यो गर्छु भन्नुको साँटो गृहकार्य ग(यो भने यो हुन्छ भनेदेखि, घमण्डी, अज्ञानी भयो भने यस्तो हुन्छ भन्नुको साँटो ज्ञानी र सज्जन भयो भने यस्तो हुन्छ भनेदेखि त्यसले दिने नतिजा अवश्य नै फरक हुने थियो । त्यसैले नकारात्मक कुरा बिर्सिएर पनि नगरौ, सकारात्मक कुरा सम्झिसम्झि बारम्बार गरौं ।

शिक्षामा रुपान्तरण तपाईले, मैले मात्र चाहेर सम्भव छैन । देशले नीति निर्माण गरेर मात्र हुदैन । त्यसको लागि प्रत्येक अभिभावक, विद्यालय प्रशाशन, शिक्षक र विद्यार्थी सम्पूर्णले चाहनुपर्दछ । शिक्षित मानिसले आफ्नो ज्ञान बढाउने मात्र हैन, व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ, जसले अरुलाई उत्प्रेरित गरोस ।

देशले, समाजले शिक्षित व्यक्तिलाई सम्मान गर्नुपर्दछ, जसले गर्दा शिक्षाको महत्वको आभाष सबैलाई होस् । देशले सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञान प्रणाली विकास गर्नुपर्दछ, स्वरोजगारको अवसरको सिर्जना गर्नुपर्दछ । अभिभावकले त्यहीँ गर्नुपर्दछ, जे कुरा हामीले छोराछोरीलाई सिकाउन चाहन्छौं, अनि शिक्षकले शिक्षा के का लागि, पढ्ने के का लागि भन्ने बुभmाएर विद्यार्थीको भविष्य सुनौलो बनाउने काम गर्नुपर्दछ, झुटो बोल्नु हुदैन भन्ने वाक्य घोकाएर हैन महशुश गराउन सक्नुपर्दछ, तबमात्र सम्भव छ शिक्षामा रुपान्तरण । साना बालबालिका काँचो माटो जस्तै हुन । उनीहरुलाई जस्तो बनाउन पनि सकिन्छ तर एक पटक उनीहरुले एउटा आकार लिएपछि त्यसमा रुपान्तरण गर्न एकदमै मुस्किल हुन्छ तर सम्भव छ, त्यसको लागि समय लाग्छ, शिप आवश्यक पर्दछ तर सम्भव छ । घोकन्ते शैलीलाई बिस्थापित गरेर व्यवहारिक शैलीमा पठनपाठन गराउनु पर्दछ, परिक्षामा लेखेको कुरासँगसँगै विद्यार्थीको व्यवहार र अनुशाशनमा आएको परिवर्तन, उसका सिर्जनाहरुलाई पनि मूल्याङ्कनको आधार बनाइनुपर्छ । 

पढ्न खोज्ने विद्यार्थी जो पढ्न सकिरहेको छैन उसलाई शिपमूलक तालिमहरु र पढ्न जान्ने तर नपढ्ने विद्यार्थीलाई मूल्यमान्यता र व्यवहारमा रुपान्तरण ल्याउने तालिमहरु दिनु आवश्यक छ । विद्यार्थीहरुलाई रुपान्तरण गर्ने तालिम दिएपछि क्रमश अभिभावक, शिक्षक, एवं विद्यालय प्रशाशनलाई पनि रुपान्तरण सम्बन्धि तालिम दिनु आवश्यक छ । प्रकृतिको सुन्दर देश नेपाल सुन्दर रहिरहन नेपालमात्र सुन्दर भएर पुग्दैन नेपालीहरुको मन र व्यवहार पनि सुन्दर हुनु पर्दछ, जसको लागि नेपालमा शैक्षिक रुपान्तरण आवश्यक पनि छ र सम्भव पनि छ ।



लेखक सुबास पौडेल
एकेडेमिक कोच एवं बिगत ७ वर्ष देखी उच्च शिक्षण पेशामा आवद्ध

click the below link

To know more about Coach & Trainer
https://sites.google.com/view/about-coach-trainer/home

Facebook Page
https://www.facebook.com/SubashPoudelTrainer/

Youtube Page
https://www.youtube.com/c/SubashPoudelNLP



Comments