Skip to main content

पिटेर पढ्न आउने भए - शिक्षकशिक्षिका र अभिभावकले एकपटक पढ्नै पर्ने ।

पिटेर पढ्न आउने भए 
हजुरबा (सदाखार) र नाती (स्यान्डी) बिचको कुराकानी ।

by Subash Poudel, Certified NLP Trainer, Corporate Coach 

शिक्षाको सुरुवात प्राचिन समयमा गुरुकुल प्रणालीबाट भएको पाइन्छ । उक्त समयमा नयाँ कुरा जान्न र 

सदाखरः ए बाबु त्यो कुर्ची यता ल्याउ त, एकछिन बस्नुप¥यो घाममा ।

स्यान्डीः लौनुस् हजुरबा ।

सदाखरः (कुर्ची समाउँदै) टाढै जान लागेजस्तो छ त तयारी?

स्यान्डीः टाढा हैन हजुरबा, त्यहाँ तल स्कुलसम्म पुगेर आउ की भनेर ।

सदाखरः केहि विशेष काम थियो कि? स्कुल जाने मान्छे त होइनस् ।

स्यान्डीः आजकल स्कुलमा विद्यार्थीहरुलाई पिट्ने, शारीरिक कष्ट दिने काम हुन लागेको छ रे, त्यहाँ तल के हुदैछ यस्सो हेरेर आउ भनेर नी ।

सदाखरः हैन के भन्छ यो । विद्यालय जस्तो शिक्षाको मन्दिरमा पनि कसैले कसैलाई पिट्छ र? त्यहाँ त ज्ञानज्ञुनका कुरा सिकाउने, जीवन जिउने कला सिकाउने, विद्यार्थीहरुलाई नैतिकता प्रदान गरी राम्रो मानिस बनाएर देशका कर्णदार बनाउन मद्धत पो गर्ने हो त । “गुरु” जसमा गु को अर्थ अन्धकार र रु को अर्थ प्रकाश । अर्थात, अन्धकारमा रहेकालाई ज्ञान दिएर उनीहरुको जीवनमा उज्यालो प्रकाश ल्याईदिने व्यक्ति नै गुरु हुन, अनि यस्ता महान व्यक्तिहरुले पनि कहिकतै त्यस्तो अमानविय कार्य गर्न सक्छन त? को कसका कुरा सुन्छ अनि त्यसै बोल्दै हिड्छ ।  

स्यान्डीः थाहा छ हजुरबा मलाई पनि “गुरुदेवो भवः” भन्ने, तर कहिलेकाहिँ भगवानमा पनि राक्षसी तत्व हावी हुँदोरहेछ अनि राक्षसी प्रकृतिका कार्य गर्न थाल्दो रहेछ । सुन्नुस् हजुरबा, मैले त्यसै अरुको कुरा सुनेर बोलेको होइन । विभिन्न समाचारमा छापिएका समाचारहरु पढेर भनेको  हुँ । यहाँ कहिले शिक्षकले निलदाम हुने गरि विद्यार्थीलाई पिटेको त कहिले शिक्षिकाले पिट्दा बच्चाको आँखा फुटेको सम्म समाचारहरु आईरहेको छन । कहिले किताबले शिक्षिकाले हान्दा विद्यार्थीको आँखा फुटेको, त कहिले शिक्षकले विद्यार्थीलाई दिसा खुवाईदिएको सम्मका कुकृत्य गरेको घटनाहरु समेत भैरहेका छन । अझ यो त विभिन्न मिडिया मार्पmत हामीमाझ आईपुगेका घटनाहरु हुन, मिडियाको पहुँच भन्दा बाहिर भएका यस्ता घटनाहरु त कति होलान कति?
तर हामी पनि त्यस्तै छौं, जबसम्म आफ्नैलाई पर्दैन तबसम्म यस्ता घटनाहरुलाई खासै वास्ता गर्दैनौ । समाचार पढ्यो, ए विचरा भन्यो सकिइहाल्यो । एकपल्ट आफ्नै बच्चालाई पनि विद्यालयमा के हुन्छ, कस्तो हुन्छ सोध्ने फुसर्द छैन हामीलाई, मात्र विद्यालय पठाउन पाए पुगिहाल्यो ।

सदाखरः हैन, क्या जमाना आ । शिक्षक जस्तो मानिस, भगवानको दर्जा पाएको मानिसले पनि यस्तो कार्य गर्ने । पिटेर, कुटेर, गाली गरेर, हप्काएर, डर देखाएर, पढ्ने, गृहकार्य गर्ने हो त? खै कुरा बुझ्न सकेको । विद्यार्थीहरुलाई त सम्झाएर, फकाएर, शिक्षामा व्यवहारिकतालाई जोडेर पो पढाउनु पर्ने हो ।  यो सब मानसिकताको खेल हो ।

स्यान्डीः मानसिकता । के मानसिकता?, कस्तो मानसिकता? हजुरबा ।

सदाखरः नकारात्मक मानसिकता । रिस त सबैलाई उठ्छ नि । रिसै उठ्यो भनेर पिट्दै हिड्न त भएन नी । रिस उठ्यो भने त्यसलाई कसरी कम गर्ने हो भनेर पो सोच्नुप¥यो त ।

स्यान्डीः रिस उठेपछि त आँखै देखिदैन रे हजुरबा । त्यहीँ आँखा नदेखेर पो हो कि पिटेको?

सदाखरः रिस उठ्दा आँखै नदेख्ने भए, रिस उठ्दा आँखा नदेखेकाले भिरबाट खसेर, पोलमा ठोक्किएर, सवारीमा ठोक्किएर मानिस घाइते भएरे भन्ने समाचार सुनिनु पर्ने होइन र?

स्यान्डीः त्यस्तो भन्न खोजेको होइन के हजुरबा । रिस उठेपछि मानिसले आफुले आफुलाई नियन्त्रणमा राख्न सक्दैनन् रे, भनेको के ।

सदाखरः यो सबै भन्ने कुरा हो । जसरी रक्सीमा मातेको मान्छेलाई केहि थाहा हुदैन रे भन्छन, तर रक्सी खाएको मानिस हल्लिदै, लड्दै, उठ्दै आखिरमा आफ्नै घरमा आइपुग्छ, अरुको घरमा छिर्दैन । त्यस्तै गरेर रिस उठेको मानिसले पनि आफुलाई नियन्त्रणमा राख्न नसकेर कहिल्यै पनि आफ्नै टाँउको फुटाउदैन, आफ्नै हात काट्दैन, उ जहिलेपनि आफु भन्दा कमजोरलाई नै आफ्नो रिस पोख्ने गर्दछ । यो सबै मानिसले आफुलाई “पानी माथिको ओभानो” राख्ने वाहाना मात्र बनाएका हुन । गल्ती भै हाल्यो, जानाजान गल्ती भयो भन्दा मानिसहरुले के भन्लान भन्ने डर, कसरी उनीहरुलाई सामना गर्ने, मुख देखाउने भन्ने गाह्रो, त्यसैले दोष जति रक्सीलाई, रिसलाई दिएपछि आफुलाई सजिलो । मानिस जहिलेपनि परिस्थितिलाई दोष थुर्पाछ तर उसकै मनस्थितीका कारण समस्या घटेको भन्नेबारेमा कहिल्यै सोच्दैन । न त उसको यो कुकार्यको असर विद्यार्थीहरुलाई कस्तो पर्दछ भन्ने कहिल्यै कसैले सोचेकै हुन्छ । अभिभावकहरुले पनि घटना थाहा पाएपछि शिक्षकलाई माफि माग्न लगाउने, वा सजाय दिनेमा मात्रै आफ्नो ध्यान केन्द्रित गर्दछन तर आफ्नो सन्तानलाई मानसिक रुपमा के कस्तो असर परेको छ भन्ने कुरामा ख्यालै गर्दैनन ।

स्यान्डीः ढाडमा पिटेपछि त्यहाँ मलम लगाएर औपधी उपचार गरेपछि त ठिक भैहाल्यो नी हजुरबा । अनि घाउ नै सन्चो भएपछि त सबै ठिक भैहाल्यो नि हैन र?

सदाखरः होइन स्यान्डी । मानिसलाई एकै पटकमा २ प्रकारको चोट लाग्ने गर्दछ । एक शारीरिक चोट, अर्को मानसिक चोट । शारीरिक चोट त उपचार गरेपछि केही समयमा नै निको भैहाल्छ तर मानसिक चोट वा पिडा त जीवनभर नै रहिरहन पनि सक्छ र यो चोट बढी खतरनाक हुन्छ । हेर्दा कहिँ केही घाउ देखिदैन तर मानसिक रुपमा ठुलो पिडा भैरहेको हुन्छ, अनि जब जब त्यस्तै खाले घटनाहरु जीवनमा पुन दोहोरिन्छन, त्यो पिडा झन बढ्दै जान्छ र समस्याले विकराल रुप लिन पुग्दछ ।

स्यान्डीः ए हो र । हैन के कस्ता मानसिक असर पर्दछन हजुरबा ।

सदाखरः तिमीलाई केसँग डर लाग्छ?

स्यान्डीः मलाई, कुकुरसँग डर लाग्छ हजुरबा । खासमा पहिला डर लाग्थेन, त्यस्तै ८ कक्षामा पढ्दा स्कुलबाट घर आउँदै गर्दा एउटा कुकुरले भुक्यो अनि म दौडिए, पछि खुट्टामा टोकेछ । त्यो कालो ठुलो कुकुर थियो । पछि कसले कुकुरलाई लखेटदियो अनि मेरो खुट्टामा हेरेको त दाँतले कोतारेको जस्तो मात्रै थियो, तर त्यसदिन देखि म कति समय त्यो बाटो नै हिडिन । अनि अहिले पनि अरु कुकुरहरु देखे भने पनि त्यही कुकुर सम्झिन्छु अनि डर लाग्छ । म कुकुर पाल्ने साथीको घरमा पनि सितिमिति जादिननी हजुरबा ।

सदाखरः तिम्रो खुट्टा देखाउ त?

स्यान्डीः ल हेर्नुहोस ।

सदाखरः खै त त्यहाँ त कोतारेको दाग त छैन त?

स्यान्डीः त्यो त उहिल्यै सन्चो भयो नि हजुरबा । ८ कक्षामा पढ्दा टोकेको नि अहिलेसम्म दाग रहन्छ त? हजुरबा पनि ।

सदाखरः अनि त्यो कालो कुकुरलाई अहिले पनि देख्छौ?

स्यान्डीः कहाँ देख्नु नी । त्यो त म १० कक्षामा पढ्दै गर्दा नै मरेको भन्ने सुनेको थिए । त्यसपछि त कहिल्यै त्यसलाई देखेको छैन ।

सदाखरः अब तिमी नै भन, तिमी अभैmपनि कुकुरसँग किन डराउछौं? जबकी तिम्रो घाउ पनि निको भैसक्यो अनि त्यो तिमीलाई टोक्ने कालो कुकुर पनि त मरिसक्यो । 

स्यान्डीः खै थाहा छैन हजुरबा किन डराउँछु, तर डराउँछु कुकुरसँग ।

सदाखरः हो, यहि हो मानसिक चोट वा पिडा भनेको । जसरी तिमी कुकुरसँग डराउँछौ, कति समयसम्म त्यो बाटो नै हिडेनौं, त्यस्तै विद्यार्थी पनि स्कुल जान मन गर्दैनन्, शिक्षक भन्ने बित्तिकै डराउन थाल्छन, पढ्न मन गर्दैनन्, शिक्षकलाई गुरुको रुपमा हैन हाउगुजीको रुपमा हेर्न थाल्दछन । शिक्षक, पढाई, अनि विद्यालयबाट नै टाढा टाढा हुन थाल्दछन । अनि त्यहीँ सयममा अभिभावकले पनि उसलाई विद्यालय जान नमान्दा, गृहकार्य नगर्दा, पख् शिक्षकलाई भन्दिन्छु भनेर झन उसको मानसिक पिडालाई बढाउने कार्य गर्ने गर्दछन ।

स्यान्डीः त्यो त हो । अनि के हजुरबा, यो घटना त मिडिया मार्पmत हामी सबैले थाहा पायौं र विद्यार्थीलाई शारीरिक रुपमा भएको पिडा देख्यौं र मानसिक रुपमा पनि पिडा भएको होला भन्ने हामीलाई लाग्यो तर कतिपय घटनाहरु जस्तै कान समातेर तान्दिने, कपाल समाएर कष्ट दिने, कुखुरा बनाइदिने, चौरमा दौडन लगाउने, लठ्ठीले हिर्काउने, स्केलले हिर्काउने, कलम दुई औलाको बिचमा राखेर अठाइदिने, पुस्तक वा कापीले हिर्काउने, गाली गर्ने, हप्काउने, डर देखाउने लगायतका थुपै्र घटनाहरु विद्यालयमा भै नै रहेका हुन्छन तर विद्यार्थीहरुले घरमा भनेकै हुदैनन । त्यस्तो बेलामा अभिभावकहरुले वा अन्य शिक्षक शिक्षिकाहरुले कसरी थाहा पाउने कि विद्यार्थीलाई मानसिक पिडा भैरहेको छ भनेर?

सदाखरः जबजब आवश्यकता भन्दा बढी बच्चाहरु विद्यालय, शिक्षक, गृहकार्य, किताब आदिको नाम सुन्दा डराउने गर्दछन तब सम्झिनुपर्छ त्यहाँ केहि त केहि गलत भैरहेको छ । यद्दपी गलत सधै विद्यालयमा हुदैन, हाम्रै घरमा पनि हामीले धेरै गलत तरिकाले बच्चाहरुसँग व्यवहार गरिरहेका हुन्छौं । जस्तो बिहान समयमा उठेन भनेपनि शिक्षकलाई भन्दिन्छु भन्ने, पढेन, गृहकार्य गरेन भनेपनि शिक्षकलाई भन्दिन्छु भन्ने, धेरै समयसम्म खेलीरह्यो भनेपनि शिक्षकलाई भन्दिन्छु भन्ने, मोवाइलमा गेम खेल्यो वा टि.भि. धेरै हे¥यो भनेपनि शिक्षकलाई भन्दिन्छु भन्ने गरेर शिक्षक भन्ने शब्द प्रति नै डरको सिर्जना गरिदिन्छौं । त्यस्तै विद्यार्थी कम खेल्ने, एक्लै बस्न मन गर्ने, कम बोल्ने, खाना कम खाने, टोलाउने, आफ्नो शरिर छुन नदिने, हास्न कम गर्ने, ससाना कुरामा रिसाउने आदि व्यवहारहरु गर्दछ भने पनि सम्झनुपर्छ कि त्यहाँ केहि गलत भै रहेको छ । 

स्यान्डीः अब यस्ता मानसिक असरहरु कम गर्न के गर्न सकिन्छ त?

सदाखरः यस्ता व्यवहार बच्चामा देखिएपछि पहिला आफुले केहि गलत गरे कि भनेर हेर्नुप¥यो, उसलाई माया गर्नुप¥यो, र यो माया उसले थाहा पाउने गरेर गर्नुप¥यो ताकि उ हामीसँग सुरक्षित महशुश गरोस । जबकी एउटा बच्चाले सायदै आमाको जति पिटाई अरु कसैको पनि खाएको हुदैन तर पनि उ आमाको नजिक नै हुनेगर्दछ, उ आमासँग डराउदैन किनकी उसले आमामा आफ्नो लागि आत्मियता पनि पाएको हुन्छ र आफुलाई आमासँग रहदाँ एकदमै सुरक्षित महशुश गर्ने गर्दछ । त्यसैले मायाको अर्को कुनै बिकल्प नै छैन, तर माया जबर्जस्तीको भने हुनुहुदैन, स्वतस्फुत रुपमा हुनुपर्दछ । अनि उसँग समय बिताउने, उसका कुरा सुन्ने र उसलाई समर्थन गर्ने गर्नुप¥यो, त्यसपछि उसले आफ्ना सबै कुराहरु भन्न थाल्दछ अनि समस्याको पहिचान गरेर समाधानको उपाय खोज्नुप¥यो । समस्या थाहा भएपछि त्यस्ता गल्तीहरु कोहि कसैबाट पनि पुन दोहोरिनु भएन, “अगुल्टाले हिर्काएको कुकुर बिजुली चम्किदा तर्सिन्छ” भन्ने उखान एकदमै वास्तविक हो । त्यस्तै शिक्षकहरुले पनि पहिला विद्यार्थीलाई चिन्नु एवं बुक्ष्नु प¥यो, त्यसपछि विद्यार्थीको नजिक हुने प्रयास गर्नुप¥यो अनि मात्र बल्ल उक्त शिक्षकले भनेका कुरा, सम्झाएका कुराको असर विद्यार्थीमा देखिन सुरु गर्दछ । विद्यार्थीको दिमागमा होइन, मनमा बस्न सक्नुपर्छ, तबमात्र विद्यार्थी र शिक्षकको सम्बन्ध सुमधुर हुन पुग्दछ । जब सम्बन्ध सुमधुर हुन्छ, शैक्षिक गुणस्तर आफ्से–आफ राम्रो भएर जान्छ ।

स्यान्डीः त्यो त सहि हो हजुरबा । पहिला सम्बन्ध राम्रो हुनुपर्दछ, त्यसपछि त सम्बन्धमा सम्मान र माया दुवै आउँछ, अनि भनेको कुरा निर्देशन जस्तो लाग्दैन, गँरु–गँरु जस्तो हुन्छ, त्यसैले त मैले तपाई भनेको कुरा मान्छु नि, हैन त हजुरबा?

सदाखरः हो । ठुलोले सानोलाई माया अनि सानोले ठुलोलाई सम्मान ग¥यो भने सम्बन्ध त सुमधुर भै हाल्छ नि । तर यहाँ त ठुलोले सानोलाई हेप्न खोज्ने, अनि सानोले पनि ठुलोलाई त भन्दा म के कम भनेर पो समस्या भयो त ।

स्यान्डीः अनि यस्तो अवस्थामा विद्यार्थीहरुलाई आफ्ना अभिभावकहरुले कसरी मद्दत गर्न सक्दछन त?

सदाखरः हो यो समयमा अभिभावकहरुको भुमिका एकदमै महत्वपूर्ण हुन्छ । यदि यसरी मानसिक पिडा भएको समयमा विद्यार्थीले आफ्नो परिवारबाट उचित प्रकारको व्यवहार र साथ पाएन भने उ आफ्नै घरपरिवारबाट पनि टाढिन सक्छ र आस्ते–आस्ते एक्लै बस्ने, कोहिसँग पनि नबोल्ने, टोलाउने, र गलत साथीको संगतमा परेर लागु औषधको दुव्र्यसनीमा समेत फस्न सक्ने सम्भावना एकदमै धेरै हुन्छ । त्यसैले आफ्ना सन्तानमा आएको परिवर्तनलाई विशेष ध्यान दिएर उनीहरुको मिल्ने साथी बन्ने प्रयास अभिभावकले गर्नु पर्दछ । तर हाम्रो समाजमा माया गर्ने र साथी बन्ने भनेको खान दिए, लाउन दिए र पैसा दिए भैहाल्यो नि भन्ने बुझाई छ, अभिभावकहरुलाई ।  उनीहरुले पनि आफ्ना सन्तानलाई बुझ्न सकिरहेका छैनन् ।

स्यान्डीः हो त, काम र पैसाको पछाडी दौडदा दौडदै अभिभावकहरुलाई फुसर्द नै छैन, धन धन भन्दा भन्दै जीवन कै सबैभन्दा ठूलो धन सन्तानबाट टाढिइरहेको महशुश पनि छैन उनीहरुलाई, कस्तो व्यस्त जीवन भयो भने । अनि यस्ता गल्ती गर्ने व्यक्तिविशेषलाई के कस्ता कारवाही गर्नुपर्छ त हजुरबा?

सदाखरः कारवाही गर्ने हामीले होइन नी स्यान्डी । यो त देशको ऐन नियमले जे जस्ता सजायहरु उल्लेख गरेको छ, सोही बमोजिम नै कारवाही गरिनुपर्छ । तर सजाय आपैmमा समस्याको समाधान होइन, मानिसलाई सुध्रर्ने अवसर दिइनुपर्छ । जब उनीहरुलाई आफ्नो गल्तीको महशुश हुन्छ र उनीहरु सुध्रर्न चाहन्छन भने उनीहरुलाई त्यो मौका दिइनुपर्छ । अनि त आस्ते–आस्ते पिटेर पढ्न आउने रहेनछ, बरु सम्झाएर, बुझाएर पढाउनुपर्ने रहेछ भन्ने कुरा बुझ्दै जान्छन, अनि विद्यालयसँगसँगै समाज, गाँउशहर र सिङ्गो देशमै परिवर्तन आँउछ नि ।

लेखक सुबास पौडेल
एकेडेमिक कोच एवं बिगत ७ वर्ष देखी उच्च शिक्षण पेशामा आवद्ध
CEO of Coaching Training Nepal, Certified NLP Trainer & Corporate Coach

Click the below link

To know more about Mr. Subash Poudel
https://sites.google.com/view/about-coach-trainer/home

To know more about Coaching Training Nepal
https://sites.google.com/view/coachingtrainingnepal/home

Facebook Page
https://www.facebook.com/SubashPoudelTrainer/

Youtube Page
https://www.youtube.com/c/SubashPoudelNLP



Comments

Popular posts from this blog

शैक्षिक रुपान्तरण आवश्यक ।

शिक्षामा रुपान्तरण आवश्यक by Subash Poudel, Certified NLP Trainer, Corporate Coach