Skip to main content

आमा, मेरी आमा ।

आमामेरी आमा 

by Subash Poudel, Certified NLP Trainer, Corporate Coach 

संसारका सम्पूर्ण आमाहरु प्रति समर्पित । प्रत्येक छोराछोरीको तर्फबाट आमा औंसीको अवसरमा सम्पूर्ण आमाहरुलाई शुभकामना । 

आमा, मेरी आमा
मलाई जन्म दिने मेरी आमा  
आमा तिमीले गर्दा आज यो संसारमा छु  

मलाई नौ महिना कोखमा राख्दै गर्दा केकस्ता अप्ठ्याराहरु आउलान भन्ने एक पटक पनि नसोची, बरु मेरो आगमनको प्रतिक्षामा खुसी हुँदै समय बिताउने, मेरी आमा

मेरो लागि मृत्यसँग पनि लडेर मलाई बचाँइ, यो धर्तिमा मलाई जन्म दिने, मेरी आमा  

मलाई जन्म दिँदा महशुश गरेको त्यो संसारकै सबैभन्दा कठोर पिडालाई पनि एकै क्षणमा मलाई हेर्ने बित्तिकै बिर्सिएर, मलाई मुसुक्क मुस्कराएर हेर्ने, मेरी आमा  

मेरो बालापन, जहाँ सधैजसो सबैजसो समय तिमीसँग नै बिताउँथे, मैले केहि शब्द नै नबोल्दा पनि मेरो अनुहार पढेर, मेरो आत्मा बुझेर यस्लाई भोक लाग्न लाग्यो भन्दै खाना खुवाउने, मेरी आमा  
निन्द्रा लाग्न लाग्यो भन्ने बुझेर आफ्ना सारा काम छोडेरै भएपनि मलाई सुताउने, मेरी आमा, मलाई खोप हाल्दा आफ्नो आँखाभरि आँसु टिलपिल टिलपिल गर्ने, मेरी आमा मेरो आँखासँग कुरा गरी मेरो बारेमा सबै थाहा पाउने, मेरी आमा  

हजारौं पटक आफ्नो मुखमा लगिसकेको खाने कुरा पनि मलाई खुवाईदिने, मेरी आमा मलाई याद छैन कुनै रात भोकै सुत्नुपरेको तर कयौं पटक तिमीले पटुकी बाँधेरै सुतेको मैले देखेको छु  

To listen to this article, 
Click the below link.





महिनौसम्म उस्तै कपडामा मात्रै मेलै धेरै देखेको छु, मेरी आमा भन्थे, कति एउटै कपडा लगाउनु भएको, अर्को लगाउनुहोस् भनेर

तर आज बुझ्दै छु, तिमीलाई कपडा किन्दिदा सबै पैसा सकियो, मेरो लागि नयाँ कपडा कसरी किन्नु भनेर कसरी पो भन्न सक्थिन , मेरी आमा  

जति जति ठूलो हुदै गएँ, बिस्तारै साथीभाईसँग बढी समय बिताउने भए उनीहरुसँग नै आफ्ना कुराहरु भन्न थाले, तर पनि मलाई थाहा , जब जब मेरो जीवनमा अप्ठ्याराहरु आए, कठिनाईहरु आए, जहाँ मैले आपैंmले हारेको महशुश गरे, मैले आफ्ना कुरा भन्ने कुनै साथीभाई पाइन्

मैले त्यो क्षणमा पनि कोहि मेरो समिपमा पाए, जस्ले मेरो शिरमा हात राखेर मलाई सुन्दै हुनुहुन्थ्यो, मेरी आमा  

जस्ले प्रत्येक क्षणमा मेरो हात समातेर अगाडी बढ्न सिकाउने, सारा संसार एकातिर हुँदा पनि मेरो दुखसुखमा संसारका कथाकतिथ परम्परा तोडेर भएपनि मलाई साथ दिने, मेरी आमा  

जीवनमा अड्किएर बसेका कयौं ती पलहरु छन्, जहाँ भन्दा पनि बढी मेरो बारेमा चिन्तित हुने एकमात्रै व्यक्ति पाए, मेरी आमा  

मेरै लागि प्राथना गर्न मन्दिर मन्दिरमा पुग्ने मेरी आमा, आत्तिदा हतास हुँदा  सायदै थाहा पाएका कुनै हेराउने ठाँउ बाँकी रहेनन् होला पुजाआजा, फुफा, व्रत कति कति  

थाहा छैन मलाई ती पुजाआजा फुफाले के कति काम गर्यो, तर आज सफल छु, सक्षम छु, भने केवल अनि केवल मेरी आमाको, प्रतिको विश्वास अनि प्रत्येक क्षण मेरो लागि उनको मनमस्तिष्कमा भएको सकारात्मक सोच  

आज दिनहूँ आँखा उघारेर नै सपनाका पोकाहरु खोतल्ने गर्दछु, त्यो प्राप्त गर्नको लागि अगाडी बढीरहेको छु कहिकतै यी सपनाहरुको पछाडी दौड्दै गर्दा, मलाई समय नै दिएन् भन्ने लागेको भने आमा, मेरो दौडाईमा तपाईकै सपना बुन्ने प्रयास गरिरहेको छु  

आज तपाईलाई लाग्ला, या यस्लाई अप्ठ्यारो परेकै छैन्, या अब यस्ले आफ्ना कुराहरु मलाई भन्न छोड्यो तर त्यस्तो होइन, मेरी आमा  

आज पनि तपाईले नै सिकाएका ती कुराहरुको साथमा जिन्दगीका कठिनाईहरुसँग लड्दै अगाडी बढीरहेको छु, किनकी मैले तपाईबाटै सिकेको हुँ, अप्ठ्यारा कठिनाईहरुसँग भाग्ने होइन, डटेर सामना गर्ने हो, अनि जिन्दगीको अर्को नाम नै अगाडी बढ्नु हो

त्यसैले जिन्दगीका प्रत्येक क्षण, प्रत्येक पल, कदम कदममा तपाईले नै सिकाएका कुराहरुलाई आत्मसाथ गर्दै अगाडी बढीरहेको छु  

आफ्ना पिडालाई आँखा भित्रै लुकाएर केबल सुख आनन्दको अनुभूती गराउने मेरी आमा, कयौं पटक तिमीले लुकाउँदै गर्दा मैले ती आँखामा आँसुका मोतीहरु देखेको छु  

एकदिन माथि देखेको सारा सपना पुरा गरेर मेरो खुसीमा भन्दा धेरै उत्साहित हुने मेरी आमाको आँखामा खुसीका आँसुको मोती हेर्ने रहर तिनै मोतीको कसम तिम्रो मुहारमा सधै साँचो मुस्कान ल्याउन दिनरात प्रयास गरिरहेको छु बश, तिम्रो मुहारमा साँचो मुस्कान ल्याउनको लागि

आमा, मेरी आमा
मलाई जन्म दिने मेरी आमा आमा तिमीले गर्दा आज यो संसारमा छु  

लेखक सुबास पौडेल
CEO of Coaching Training Nepal, Certified NLP Trainer & Corporate Coach

Click the below link

To know more about Mr. Subash Poudel
https://sites.google.com/view/about-coach-trainer/home

To know more about Coaching Training Nepal
https://sites.google.com/view/coachingtrainingnepal/home

Facebook Page
https://www.facebook.com/SubashPoudelTrainer/

Youtube Page
https://www.youtube.com/c/SubashPoudelNLP


Comments

Popular posts from this blog

शैक्षिक रुपान्तरण आवश्यक ।

शिक्षामा रुपान्तरण आवश्यक by Subash Poudel, Certified NLP Trainer, Corporate Coach