त्यसैले त आजसम्म मैले धन्यवाद भनेकै छैन ।
by Subash Poudel, Certified NLP Trainer, Corporate Coach
त्यसैले त आजसम्म मैले धन्यवाद भनेकै छैन ।
आज त्यहि दिन हो, जुन दिन आफ्नो बालापनका सबै यादहरु सजिएको त्यो गाँउ, त्यो घर, ती साथीभाई, ती परिवारका सदस्यहरु, जन्म दिने आमा, कर्मको लागि प्रेरित गर्ने बुबा, आफुलाई भन्दा पनि धेरै माया गर्ने भाई र बहिनीहरुलाई छोडेर समाजको कथाकथित परम्परालाई आत्मसाथ गर्दै आफ्नो गोत्र पनि परिवर्तन गरी बबाआमाले रुदै कन्यादान दिएर मेरो घरमा लक्ष्मीको रुपमा तिमी भित्रिएको दिन ।
त्यो दिन रुदैरुदै आएपनि जीवनमा अरु दिनमा तिम्रो आँखामा दुखपिरका आँसु आउन दिँदिन भन्दै त्यहि दिन विवाह मन्डपमा खाएको कसम, सुखदुखमा हरहमेशा साथ दिन्छु भन्ने कुरालाई आत्मसाथ गर्दै जीवनको यात्रामा तिमीलाई सँगसँगै अगाडी बढाउने मेरो प्रयास जारी छ र सधै रहिरहने छ । मलाई थाहा छ, मेरो र परिवारको खुसीको लागि तिमीले पनि आफ्नो करियरको यात्रालाई बिचमै छोडिदियौं र सुन्दर छोरीलाई जन्म दियौ, जस्ले गर्दा घरमा प्रत्येक दिन खुसीको वहार भयो । लाग्छ प्रत्येक दिन तिहारको झिलिमिलि छ घरमा, प्रत्येक दिन होली जस्तै रंगहरुको उत्सव छ घरमा, अनि प्रत्येक दिन दशैंको जस्तै पारिवारिक रमझम छ घरमा । यी सबै कुराहरुको लागि तिमीलाई धन्यवाद दिने मसँग कुनै शब्द छैन्, र यदि दिने प्रयास नै गरेभने पनि मलाई तिम्रो जवाफ थाहा छ । तिमी भन्नेछौं, के यो मेरो घर होइन र ?के यो मेरो परिवार होइन र ?त्यसैले त आजसम्म मैले धन्यवाद भनेकै छैन ।
तिम्रो त्यो जोश र आँट, जस्ले मलाई पनि प्रत्येक क्षण जीवनमा अगाडी बढ्न हौशला दिन्छ । तिम्रो ममाथीको विश्वास, जस्ले गर्दा हरेक चुनौतीको सामना गर्न मलाई हिम्मत दिन्छ, तिमीले मलाई हेर्ने नजर, जस्ले गर्दा म सारा संसारभरि सकारात्मक रुपान्तरण ल्याउन सक्छ भन्ने विश्वास बढेर आँउछ, अनि तिमीले मलाई दिएको आँट, जस्ले जस्तोसुकै कठिनाईमा पनि म अगाडी बढ्न सक्छु भन्ने हिम्मत बढेर आँउछ । मसँग यी सबै कुराको लागि पनि तिमीलाई धन्यवाद दिने कुनै शब्द छैन र यदि दिने प्रयास गरे भने पनि मलाई थाहा छ तिम्रो जवाफ, तिमी भन्नेछौं, के यो मेरो जीवन होइन र ?के यो सपना मेरो होइन र ?अनि के म तिम्रो र तिमी मेरो होइनौं र ? त्यसैले त आजसम्म मैले धन्यवाद भनेकै छैन ।
बश, केहि गरेको छु भने,
तिम्रो केहि नयाँ गर्नुपर्छ भन्ने सोच र मैले पनि गर्न सक्छ भन्ने तिम्रो विश्वासलाई मलजल गर्ने प्रयास गरेको छु । तिमी लड्न लाग्दा हात थाम्ने प्रयास गरेको छु, तिमी अगाडी बढ्न खोज्दा सँगसँगै बसेर साथ दिने प्रयास गरेको छु, तिमीले नयाँ काम गर्न खोज्दा, आपैmसँग धेरथोर झुट बोलेर भएपनि तिमीले सजिलै गर्न सक्छौं भनेर आँट बढाउने प्रयास गरेको छु ।
बाँकी त सबै तिमीले नै गरेकी हौं, तिम्रो विश्वास र तिम्रो आँटले । मलाई विश्वास छ, तिमी भित्र समाजको कुरिती रुढीवादी विरुद्धमा दन्केको आगोको ज्वाला पनि एकदिन बिस्फोट हुनेछ र समाज रुपान्तरण गर्ने कार्यमा तिम्रो पनि बलियो उपस्थिति संसारले देख्नेछ । जस्ले गर्दा लाखौं महिलाहरुको जीवनमा सकारात्मक परिवर्तन आउने छ, उनीहरु आर्थिक रुपमा स्वतन्त्र महशुश गर्ने छन । अबका छोरीहरुले छोरी हुनुको कारणले विभेद सहन पर्ने छैन । प्रत्येक घरघर भित्र रहेको छाउपडी प्रथा उन्मुलन हुनेछ, प्रत्येक मानिसको मस्तिष्कमा बसेको छुवाछुत अनि सुनपानीले चोखिने परम्पराको अन्त्य हुनेछ र हामी सबै मानिस हौ भन्ने नयाँ सोचको विजारोपण हुनेछ ।
मलाई विश्वास छ तिमीमाथी, तिम्रो आँट माथी, तिम्रो विश्वास माथी र तिम्रो समाज रुपान्तरण गर्ने सोच माथी र म त्यतीबेला पनि तिमीलाई धन्यवाद भन्दिन, किनकी मलाई तिम्रो जवाफ थाहा छ, तिमी भन्नेछौं, के यो मेरो समाज होइन र ? के यो मेरो देश होइन र ? अनि के योे समाज र देशप्रति मेरो उत्तरदायित्व छैन र
त्यसैले त म भोली पनि तिमीलाई धन्यवाद भन्ने छैन ।वश, मेरो शुभकामना र मेरो साथ सदैव तिमीलाई । उही तिम्रो जीवनसाथी ।Happy Anniversary my Wife.
लेखक सुबास पौडेल
CEO of Coaching Training Nepal, Certified NLP Trainer & Corporate Coach
त्यसैले त आजसम्म मैले धन्यवाद भनेकै छैन ।
CEO of Coaching Training Nepal, Certified NLP Trainer & Corporate Coach
Comments
Post a Comment