नेपाल केबल नेपालीहरुको हो ।
नेपाल आमाको जय ।
नेपालीहरुको जय ।
by Son of Nepal Aama, Nepali
नेपाल केबल नेपालीहरुको हो ।नेपाल आमाको जय ।नेपालीहरुको जय ।
नमस्कार, म नेपाली । मेरो नाम, जात, लिंग, वर्ण, वर्ग, पेशाव्यवसाय, राजनिति र धर्म भन्दा माथि, म केवल नेपाली हँु । हजुर म नेपाली हुँ, जस्को मनमा गौतम वुद्ध, मुटुमा विर गोर्खाली र शिरमा सगरमाथा छ । जो न कहिल्यै झुकेको थियो न कहिल्यै झुक्ने छ ।
You are able to listen this one on above link:
आज नेपाल आमालाई दुखेको छ, वर्षौदेखि हो नेपाल आमाले पिडा सहदै आएको, कहिले नेपाल आमाको सुस्तामा घोच्ने र कोप्ने काम भयो, त कहिले कालापानीमा किल्ला गाड्ने काम भयो । अहिले नेपाल आमाको शिर लिपुलेक, लिम्पियाधुरा र कालापानीमा चोट दिने काम भएको छ ।
आमा त आमा नै हुन, जति दुखे पनि, आफ्ना सन्तानलाई मलाई दुख्यो भनेर कहिल्यै भन्दिनन्, वर्षैदेखि यो पिडा सहदै आयांै आमा, अब त तिम्रो पिडा हामीलाई पनि आभाष हुन थालेको छ । हामी पनि तिमी जस्तै तिम्रो मुहार पढ्न सक्ने भएका छौं, आमा तिम्रो मुहारमा मस्कान हैन, केवल अनि केवल, केवल पिडा मात्र देखिइरहेको छ, आमा । त्यो पिडा जसलाई तिमीले वर्षौ देखि एक्लै सहदै आएकी थियौर हाम्रो सामु मुसक्क मुस्कराएर,केहि भएकै छैन जस्तो गरेकी थियौं, तर अब अति भयो क्यारे आमा, तिमीले मुसुक्क मुस्कराउन पनि बिर्सिसकिछौ ।
घरभित्र त हामी एकआपसमा,थुप्रै असमझारीहरु थिए होलान र सायद भोली पनि रहन सक्छन,तर यस्को अर्थ यो कदापी होइन कि, हामी त्यस्को फाइदा छिमेकीलाई उठाउन दिन्छौं ।
अब आमाको मुस्कान फर्काउनको लागि,हामी सम्पूर्ण नेपाली दाजभाई दिदिबहिनीहरु,एक भएर उठ्ने बेला भएको छ । यो युग सुचनाको युग हो, हतियारको होइन, अतः देशको स्वाभिमानको लागि,हाम्रो एकताको आवाज,सारा ब्रमाण्डसम्म पुर्याउनुछ ।
सलाम छ ति नेपालीहरुलाई, जस्ले आफ्ना आवाजहरु बुलन्द गरिसकें । अब हामी सम्पूर्ण नेपालीको आवाज, विश्वसामु गञ्जायमान पार्नु छ र नेपाल आमालाई, यो दुखबाट सदैवको लागि निकाल्नु छ । यो ब्रमाण्डलाई पनि थाहा होस कि, नेपाल आमा कति धनी छिन भनेर, जो सँग उनलाई माया गर्ने र हरहमेशा साथ दिने, साढे ३ करोड छोराछोरीहरु छन । तिमी, तिमी त नेपाली हौं, एक स्वतन्त्र नेपाली, जो हिजो पनि स्वतन्त्र थियौ, आज पनि स्वतन्त्र छौ र भोली पनि स्वतन्त्र नै रहनेछौं । त्यसैले सगरमाथा जस्तो शिर उँचो राखी, गोर्खाली मुटु दहे पारी, गौतम बुद्धको लयमा तिमीले बोल्नुपर्छ । सदा सर्वदा स्वतन्त्र भएर, निडर बनी तिमीले बोल्नुपर्छ ।
नेपाल केबल नेपालीहरुको हो ।नेपाल आमाको जय ।नेपालीहरुको जय ।
लेखक Son of Nepal Aama, Nepali
नेपाल केबल नेपालीहरुको हो ।
नमस्कार, म नेपाली ।
मेरो नाम, जात, लिंग, वर्ण, वर्ग, पेशाव्यवसाय, राजनिति र धर्म भन्दा माथि, म केवल नेपाली हँु ।
हजुर म नेपाली हुँ,
जस्को मनमा गौतम वुद्ध, मुटुमा विर गोर्खाली र शिरमा सगरमाथा छ ।
जो न कहिल्यै झुकेको थियो न कहिल्यै झुक्ने छ ।
You are able to listen this one on above link:
आज नेपाल आमालाई दुखेको छ,
वर्षौदेखि हो नेपाल आमाले पिडा सहदै आएको,
कहिले नेपाल आमाको सुस्तामा घोच्ने र कोप्ने काम भयो,
त कहिले कालापानीमा किल्ला गाड्ने काम भयो ।
अहिले नेपाल आमाको शिर लिपुलेक, लिम्पियाधुरा र कालापानीमा चोट दिने काम भएको छ ।
आमा त आमा नै हुन, जति दुखे पनि, आफ्ना सन्तानलाई मलाई दुख्यो भनेर कहिल्यै भन्दिनन्,
वर्षैदेखि यो पिडा सहदै आयांै आमा,
अब त तिम्रो पिडा हामीलाई पनि आभाष हुन थालेको छ ।
हामी पनि तिमी जस्तै तिम्रो मुहार पढ्न सक्ने भएका छौं, आमा
तिम्रो मुहारमा मस्कान हैन,
केवल अनि केवल, केवल पिडा मात्र देखिइरहेको छ, आमा ।
त्यो पिडा जसलाई तिमीले वर्षौ देखि एक्लै सहदै आएकी थियौ
र हाम्रो सामु मुसक्क मुस्कराएर,
केहि भएकै छैन जस्तो गरेकी थियौं,
तर अब अति भयो क्यारे आमा,
तिमीले मुसुक्क मुस्कराउन पनि बिर्सिसकिछौ ।
घरभित्र त हामी एकआपसमा,
थुप्रै असमझारीहरु थिए होलान र सायद भोली पनि रहन सक्छन,
तर यस्को अर्थ यो कदापी होइन कि,
हामी त्यस्को फाइदा छिमेकीलाई उठाउन दिन्छौं ।
अब आमाको मुस्कान फर्काउनको लागि,
हामी सम्पूर्ण नेपाली दाजभाई दिदिबहिनीहरु,
एक भएर उठ्ने बेला भएको छ ।
यो युग सुचनाको युग हो, हतियारको होइन,
अतः देशको स्वाभिमानको लागि,
हाम्रो एकताको आवाज,
सारा ब्रमाण्डसम्म पुर्याउनुछ ।
सलाम छ ति नेपालीहरुलाई,
जस्ले आफ्ना आवाजहरु बुलन्द गरिसकें ।
अब हामी सम्पूर्ण नेपालीको आवाज,
विश्वसामु गञ्जायमान पार्नु छ
र नेपाल आमालाई,
यो दुखबाट सदैवको लागि निकाल्नु छ ।
यो ब्रमाण्डलाई पनि थाहा होस कि,
नेपाल आमा कति धनी छिन भनेर,
जो सँग उनलाई माया गर्ने र
हरहमेशा साथ दिने,
साढे ३ करोड छोराछोरीहरु छन ।
तिमी, तिमी त नेपाली हौं,
एक स्वतन्त्र नेपाली,
जो हिजो पनि स्वतन्त्र थियौ,
आज पनि स्वतन्त्र छौ र
भोली पनि स्वतन्त्र नै रहनेछौं ।
त्यसैले सगरमाथा जस्तो शिर उँचो राखी,
गोर्खाली मुटु दहे पारी,
गौतम बुद्धको लयमा तिमीले बोल्नुपर्छ ।
सदा सर्वदा स्वतन्त्र भएर,
निडर बनी तिमीले बोल्नुपर्छ ।
नेपाल केबल नेपालीहरुको हो ।
नेपाल आमाको जय ।
नेपालीहरुको जय ।
Comments
Post a Comment